रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा आयोजना गरिएको रक्तदान कार्यक्रममा रामेछाप जिल्ला कारागारका ६८ जना कैदी बन्दीसहित १ सय १२ जनाले रक्तदान गरेका छन्।
बज्रमोहन शुभद्रादेवी स्मृति प्रतिष्ठान सालुद्धारा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिबिर एबं रक्तदान कार्यक्रममा उनीहरुले रक्तदान गरेका हुन्।
निःशुल्क स्वास्थ्य शिबिरबाट स्त्रीरोग, प्रसुति सेवा, नाक, कान,घाँटी, आँखा र हाडजोर्नी सम्बन्धी रोगका ३ सय जना बिरामी लाभान्वित भएका छन्।
प्रतिष्ठानले विगत केही समयदेखि व्यक्तिगत सहयोगमा स्वास्थ्य शिविर, विद्यालयलाई सहयोग र प्राकृतिक प्रकोपमा परेकाहरुलाई मद्धत गर्दै आएको छ।
शिविर संचालनका लागि काठमाडौ मेडिकल कलेज र नेपाल रेडक्रस सोसाइटी धनुषा रक्त संचार केन्द्रले प्राविधिक सहयोग गरेका थिए।