रामेछापको गोकुलगंगा गाउपालिका स्थित वडा नं १ को गर्जाङमा निर्माणाधिन २ वटा जलबिद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
हिमालय उर्जा बिकास कम्पनी लिमिटेडद्धारा निर्माणाधिन उपल्लो खिम्ती १२ मेघावाट र अप्पर खिम्ती दोस्रो ७ मेघावाट क्षमताको जलबिद्युत अयोजना को ७० प्रतिशत कार्य सम्पन्न भैसकको र ३० प्रतिशत मात्र काम बाँकी रहेको संस्थाले जनाएको छ ।
जस अन्तर्गत, पावर हाउस निर्माण, पाइप लाइन बिछ्याउने, सर्च टैंक निर्माण गर्ने र अन्य संरचनाहरु तयार गर्ने काम अन्तिम चरणमा पुगेको कारण अबको ६ महिना भित्रै बिद्युत उत्पादन हुन सुरु हुने बताइएको छ ।
कम्पनीका परियोजना ब्यवस्थापक रमाकान्त गौरोका अनुसार करिब एक हजार पाँच सय जना शेयर सदस्य हरुबाट प्राप्त रकम र बिभिन्न ४ वटा बैकहरुबाट लिइएको ऋण सहित करिब ३ अर्ब १४ ६३ लाख ७४ हजारको अनुमानित लागतमा निर्माणाधिन उक्त आयोजना आगामी ६ महिना भित्र सम्पन्न गरी बिद्युत उत्पादन सुरु हुने छ ।
दुबै आयोजनाको बिद्युत खरिद सम्झौता(पिपिए) भैसकेको छ । जस अन्तर्गत उपल्लो खिम्ती १२ मेगावाट को सुख्खा याममा प्रति युनिट ७ रुपैया र बर्षा याममा प्रति युनिट ४ रुपैया रहेको छ ।
यस आयोजना बाट बार्षिक ७ करोड ३६ लाख १२ हजार ५ सय उन्नाइस युनिट बिद्युत शक्ति उत्पादन हुने अनुमान गरिएको छ । यसका लागि १ अर्ब ४३ करोड ५० लाख ऋण रकम र शेयर सदस्यहरुबाट संकलित ४७ कारोड ९१ लाख १४ हाजार गरी कुल १ अर्ब ९१ कारोड ४१ लाख १४ हजार को लागत अनुमान गरिएको छ ।
त्यसैगरी अप्पर खिम्ती दोस्रो ७ मेगावाट को सुख्खा याममा प्रति युनिट ८ रुपैया चालिस पैसा र बर्षा याममा ४ रुपैया असी पैसामा भएको छ । यस आयोजना बाट पनि ४ करोड २२ लाख ९१ हजार २ सय अठ्चालिस युनिट बिद्युत शक्ति उत्पादन हुने अनुमान गरिएको छ ।यसका लागि ९२ करोड ४० लाख ऋण रकम र ३० करोड ८२ लाख ६० हजार शेयर रकम सहित १ अर्ब २३ करोड २२ लाख ६० हजार गरी कुल १ अर्ब २३ कारोड २२ लाख ६० हजार को लागत अनुमान गरिएको छ ।
उक्त कम्पनीले दुबै आयोजनाका लागि कुल ३ अर्ब १४ करोड ६३ लाख ७४ हजार रुपैया को लागत अनुुुमान गरेको छ । निर्माण कार्य सम्पन्न हुन लागे सँगै रामेछाप र दोलखा जिल्लाका प्रभाबित क्षेत्रका स्थानीयहरुका लागि न्यूनतम रु ५ हजार देखि अधिकतम ४ लाख ९० हजार रकम सम्मको शेयर खुल्ला गरेको पनि कम्पनीका सञ्चालक प्रा.डा न्यौपानेले जानकारी दिए ।
उक्त बिद्युत उत्पादन पश्चात सोहि स्थानमा नेपाल सरकारको लागानीमा नेपाल बिद्युत प्राधिकरण मार्फत पिङगाओ ग्रुप कम्पनी लिमिटेड चाइना ले निर्माण गर्न लागेको खिम्ती– गर्जाङ १३२ के.भी.प्रशारण लाइनको शब स्टेशनमा जडान गरिने बताइएको छ ।