रामेछापमा अरिङ्गलले टोकाइबाट एकै घरका ३ जना घाइते भएका छन् । उमाकुण्ड गाउँपालिका ४ का एकै घरका तीन जनालाई आइतबार बिहान अरिगालले टोक्दा ३ जना घाइते भएका हुन् । उनीहरु मध्ये २ जनाको अबस्था गम्भीर रहेको छ ।
घर नजिकै अरिङ्गलले टोकेर घाइते भएका उनीहरुलाई नेपाली काग्रेसका नेता पुर्ण बहादुर तामाङ (कान्छाराम)ले हेलिकप्टबाट उद्धार गरेका छन् । तीनै जनालाई उपचारको लागि सिनामंगल स्थित के एम सी अस्पताल भर्ना गरिएको छ ।
अरिङ्गलको टोकाइबाट घाइते हुनेहरुमा ५० बर्षिया जितमाया कार्की, २६ बर्षिय कमला कार्की र ७ बर्षिया जेनिसा कार्की रहेका छन ।
उनीहरु मध्ये बारीमा काम गर्दै गरेकी जितमायालाई घर नजिकै रुखमा रहेको अरिङ्गलको गोलो खनिएर टोकेको थियो । घटनास्थल सदरमुकाममन्थली बाट ६५ किमिउत्तर तर्फ पर्दछ ।