गोली प्रहारबाट घाइते भएका नेकपा(माओबादी केन्द्र) कपिलवस्तुका नेता दिपक पाण्डेलाई थप उपचारको लागि काठमाडौ पठाइएको छ।
भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा उपचार भैरहेकोमा थप उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको हो। उनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको हो।
पाण्डे माथि गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका वडा नं. १ आनन्दवाग स्थित ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका वडा नं. २ सागरटोल वस्ने ३३ वर्षीय साकिर अली पखिया रहेका छन्।
३ जनाको समूहमा एउटा मोटरसाईकलमा आएका उनीहरुले दिपक पाण्डेमाथि गोली प्रहार गरेका थिए। घटनामा संलग्न रहेका अर्का एकजनाको पहिचान भइसकेको र चाडै नै पक्राउ पर्ने प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। पक्राउ परेका दुवै जनाले गोली काण्डमा आफुहरुको संलग्नता रहेको प्रहरी सामु स्वीकार गरिसकेका छन्।