कपिलवस्तुमा हत्या गरी फरार रहेका अभियुक्तलाई ३ बर्षपछि प्रहरीले पक्राउ गरेको छ।
कृष्णनगर नगरपालिका १० बिवद्यानगरका ५५ बर्षीय पारश पुरीलाई गोली हानेर हत्या गरी फरार भएका पशुपति कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो। ०७५ चैत १७ गते घटना लगत्तै फरार रहेका कुर्मी महाराजगञ्जको हदौनामा पक्राउ परेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।
पक्राउ पर्नुअघि अभियुक्त कुर्मीले आफ्नो नाम लालबही, प्रेम कुमार भन्दै ढाँटेका थिए। मृतक पारस पुरीले अभियुक्त कुर्मीका छोरा दिनेशलाई बिदेश पठाई दिन्छु भन्दै रु. १ लाख १५ हजार लिएका थिए।
बहराईन काम गर्न गएका अभियुक्तका छोराले भने अनुसार काम र पारिश्रमकि नपाएपछि पारससँग दिएको रकम पटक पटक फिर्ता मागेका थिए। पैसा फिर्ता नपाएपछि पशुपति सहित ३ जनाले मिलेर कटुवा पेस्तोलले पारसको हत्या गरी बिस्फोटक पदार्थ पड्काएर मोटरसाईलमा भारततर्फ भागेका थिए। पारसलाई मार्न भनी पुशपतिले रु. ५ हजार बैना समेत दिएको खुलेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।