राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भएको थिएन् मात्र एकता गर्ने प्रयास भएको हो पूर्व मन्त्री राजेन्द्र महतोले बताएका छन् । कपिलबस्तुको तौलिहवामा जनता समाजवादी पार्टीले आयोजना गरेको जिल्ला स्तरिय कार्यकता भेटघाट कार्यक्रममा सो कुरा बताएका छन् ।
मनलाई सानो गरेर हुदैन जब हामी जुटेकै थिएनौ तब टुट्ने कसरी आएको पूर्व मन्त्री महतोले बताए । उनले हामीले पार्टीलाई एकता गर्ने प्रयास मात्र गरेका थियौं । मधेशका जनताको चहना र माग अनुसार हामी पार्टी एकता गर्ने प्रयास अगाडी बढाएका पूर्व मन्त्री महतोले बताए ।
साथै उनले भने जनता समाजबादी पार्टीको निर्माण राजपाले गरेको हो उपेन्द्र यादवले होइन् । समयमा नै मधेशलाई खण्डीत गर्नेको पहिचान भईसकेको पूर्व मन्त्री महतोले बताए । साथै अधिकार पहिचान चाहने जनता मिलेर संघर्ष गर्नेु पर्ने समेत उनले बताए ।
कार्यक्रममा जसपाका केन्द्रीय सदस्य सर्बेन्द्र नाथ शुक्ला, अकवाल अहमद शाह, रजिदत्त मिश्रा, लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख उमाकान्त झा, जसपा नेता सन्तराम अग्रहरी लगायतले आआफ्नो धारणा राखेका थिए ।