जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले ट्रकमा लोड गरी रहेको अबैध गाई गोरु चालक र सहचालक सहित नियन्त्रणमा लिएको छ । जिल्लाको बुद्धभुमि नगरपालिका ५सुुखलीनाला स्थित ट्रकमा गाई १८, गोरु १२ लोड भईरहेको आवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
तस्करीका लागि ना ७ ख ३४० नं.को ट्रकमा लोड गरी झापा जिल्लामा लैजान लागेको आवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।
पक्राउ पर्ने ट्रक चालक बाणगंगा नगरपालिका वडा नं. २ का ३६ वर्षिय ओमकार थापा र सोही स्थानका ट्रकका सहचालक २९ वर्षिय लक्ष्मण घिमिरे रहेको ईलाका प्रहरी कार्यालय गोरुसिंङेका प्रहरी निरिक्षक कृष्ण राना मगरले बताए । पक्राउ परेका चालक र सहचालक लाई नियन्त्रणमा लिएको छ । गाई र गोरुलाई आवश्यक कार्वाहीको लागी पशु क्वारेन्टाईन चेकपोष्ट कृष्णनगर पठाईएको प्रहरीले जनाएको छ ।