कपिलवस्तुमा थप १९ जनमा कोरोना पोजेटिभ पुष्टि भएको छ। यो सँगै कपिलवस्तुमा संक्रमितको संख्या ९ सय ६६ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए।
पोजेटिभ देखिएका संक्रमितको स्वाब बुद्ध पद्म माविदेखि संकलन गरिएको थियो। संक्रमित सबै समुदायस्तरका रहेका छन्। संक्रमित हुनेमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, एम्बुलेन्स चालक, गृहाणी, व्यपारी रहेका छन्।
कोरोनाका कारण कपिलवस्तुमा २ जनाको मृत्यु भइसकेको छ। कपिलस्तुमा समुदायस्तरमा कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि स्थानीय प्रशासनले साउन २७ गते देखि भदौं ७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ।