कपिलबस्तुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या समुदायस्तरमा फैलिसके पछि साउन २७ गते विहान ५ बजे देखि साउन ३२ गते राति १२ बजे सम्मका लागि थप कडाई गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा बसेको बैठकबाट स्थिति भयावह हुन नदिनको लागि थप कडाइ गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।
कार्यलयमा बसेको बैठकबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए ।
जिल्लामा अत्यावश्यक बस्तुहरु (खद्यान्न, तरकारी, फलफूल, दुध, पेट्रोलियम पदार्थ, ग्याँस, औषधी, पशुपंक्षिको दाना) एम्बुलेन्स, शवबाहन र राजमार्गमा गुड्ने सवारी साधनहरु (जिल्ला भित्र ओर्लिन र चढ्न नपाउने गरी )बाहेक यस जिल्ला भित्र गुड्ने सबै प्रकारका निजि तथा र भाडाका सवारी साधन सञ्चालन नगर्ने निर्णय भएको छ ।
सथै जिल्लामा सबै किसिमको व्यपार व्यवसाय ( चिया पसल, होटल तथा रेष्टुरेण्ट) समेत बन्द गर्ने निर्णय गरेको हो । उद्योगधन्दा, कलबारखानाको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जारी गरेको न्यूनतम स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन हुने छन् ।
सरकारी कार्यालय बैंक तथा वित्तिय संस्थाहरुले प्रदान गर्ने सेवा पुर्ण रुपमा बन्द रहने जिल्ला प्रशासन कार्यलयले जनाएको छ । खद्यान्न तथा तरकारी किनबेचका लागि दैनि विहान ८ बजे देखि १० बजे सम्मका लागि समय तोकिएको छ ।
आइतबार समुदायस्तरका थप १७ जना कोरोना संक्रमित पुष्टी भएका थिए । तौलिहवाको बालमंन्दिरमा संकलन गरिएको स्बाब नमूना अन्र्तगत तौलिहवा बजारको पान पसल, जुत्ता पसल, किराना पसल, कपडा पसल, गिफ्ट हाउस, सुरक्षाकर्मी, मेडिकल, ल्याब संचालकहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै जिल्लामा संक्रमितको संख्या ८ सय ५७ पुगेको छ ।