कपिलवस्तुमा ८ महिने बालकसहित शुक्रबार थप ४४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४७५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।
उनीहरुको स्वाब परीक्षण जेठ १७ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो।
आज भेटिएको संक्रमितमा महाराजगञ्ज नगरपालिका वडा नं ९ का बर्ष १८ र २० का २ पुरुष र वडा नं १० बर्ष १६,२१,२२,२४,२६,२७,३५, ३६,३७,३९,३९,४६,४८,का १३ पुरुष गरी १५ जना छन्। त्यस्तै, यशोधरा गाउँपालिका वडां न ७ का ८ महिने एक बालक, १६, १७, २०, २० २०,२१,२२,२३,२४,२४,२५,२५, २५,२५,२५,२६,२६,२८, २८, २९, ३०,३०,३०,३८,३८, ४०,४५,५२ पुरुष २९ जना छन्।