कपिलवस्तुमा आज पुष्टि भएको ९ जना कोरोना संक्रमतिमध्ये २ जना पत्रकार रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुष्टी गरेका ३० जना संक्रमितमध्ये कपिलवस्तुका ९ जना रहेका थिए । थपिएका ९ जना मध्ये २ जना पत्रकार रहेको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए।
कपिलबस्तु नगरपालिका कापिलबस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षिय पुरुष र अर्का वाणगंगा नगरपालिका वडा नं. ११ का २४ वर्षीय पुरुष रहेको उनले बताए। योसँगै कपिलबस्तुमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ६९ पुगेको छ।
त्यस्तै कपिलबस्तुको बाणगंगा नगरपालिकाको वडा नं. ४ का ८ वर्षीया बालिका, वडा नं. ५ का २७ वर्षीय पुरुष, वडा नं. ७ का ५३ वर्षीय पुरुष, वडा नं. १० का २५ वर्षीय पुरुष गरि ५ जना रहेका छन्।
त्यस्तै मायादेवी गाँउपालिका वडा नं. ५ का ४५ वर्षीय पुरुष र वडा नं. ५ का ३४ र ३६ वर्षीय पुरुष गरि ३ जना रहेका छन् ।