कपिलबस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ४ ठुलो गौरामा विहिबार राति १४ वर्षीया बालिका बलात्कृत भएकी छन्। उनलाई छिमकी एक युवाले जवरजस्तीकरणी गरेको पीडित बालिकाको परिवारको आरोप छ।
विहिबार राति आफ्नै घरको आगाडि धारामा पानी भर्ने क्रममा छिमेकी २५ वर्षीय एजाज मुसलमानले आफ्नो छोरीलाई मुख छोपेर घरमा लगेर बलात्कार गरेको पीडितकी आमाले आरोप लगाइन्।
बालिकालाई उपचारको लागि तौलिहवा अस्पताल ल्याइएको छ। बलात्कारको आरोप लागेका मुसालमान फरार रहेको प्रहरीले जनाएको छ। पीडित बालिकाको घरमा आमा मात्र रहेको बाबु रोजगारीको क्रममा भारतमा छन्।
प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बालिका बलात्कृत भएको विषयमा जानकारी आएको बताए। उनले पीडित बालिकाको परिवार र गाउँलेहरु प्रहरी कार्यालयमा आएको बताए। बलात्कृत बालिकाको घाउँ जाँच तथा उपचार भइरहेको छ। त्यसपछि घटना दर्ता प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक मल्लले घटनामा आरोपी युवा फरार रहेको र खोजी कार्य जारी रहेको बताए।