नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी भगवान् गौतमबुद्धको क्रिडास्थल तथा राजा शुद्घोधनको प्राचीन दरबार क्षेत्र (तिलौराकोट) पुगेर त्याहाँको अवलोकन गरेकी छन्।
यान्छीले दरबारको पश्चिमीद्वार, मुख्य दरबार क्षेत्र, पूर्वीद्वार र हाल उत्खनन् भईरहेका क्षेत्रको अवलोकन गरेकी छन्।
भ्रमणका क्रममा उनले तिलौराकोट संसारको महत्वपूर्ण पुरातात्विक सम्पदा भएकोले यसको विकासका लागि चीन सरकारले सहयोग गर्ने जानकारी गराइन्। तिलौराकोट बोद्धमार्गीहरुका लागि महत्वपूर्ण ठाँउ भएकोले यसको संरक्षणका लागि चीन सरकार तत्पर रहेको राजदूत यान्छीको भनाई थियो।
यो प्राचिन सम्पदाको बारेमा प्रायः चिनिया बोद्धमार्गीहरुलाई थाहा भएको भन्दै उनले सातौं शतब्दीमा चिनिया बौद्ध भिक्षु स्यवीयान चाङले भ्रमण गरेको स्मरण गरिन्।