नेपाल भारत सीमाको बजार मर्यादपुरबाट अपहरणमा परेका यशोधरा गाउँपालिका–८, मटेरियाका ४० बर्षीय मुवारक खान अपहरणमुक्त भएका छन्।
बुधवार राति ९ बजे भारतको सिद्धार्थनगर बस्ती जिल्ला पयकोलिया थानाबाट खान रिहा भएका हुन्। अपहरणमुक्त भएर राति १ बजे सिद्धार्थनगर खुनुवा आइपुग्दा भारतीय बोर्डर बन्द भएको हुँदा कपिलबस्तु जिल्ला मर्यादपुरका प्रहरी चौकीका इन्र्चाज हिमनाथ घिमिरेको सहयोगमा बोर्डर खुला गरी उनलाई नेपाल प्रबेश गराइएको थियो।
अज्ञात समुहले पुस १९ गते दिउँसो यशोधरा गाउपालिका–७, मर्यादपुर चोकबाट खान मअपहरणमा परेका थिए। मर्यादपुर चोकमा बसिरहेको अवस्थामा भारतीय समुहले जबरजस्ती युपी ५५ एस ०१०१ नम्बरको सेतो रंगको स्कारपियो गाडीमा राखेर मर्यादपुर सिमा नाका हँुदै भारततर्फ लगेका थिए।
याे पनि