प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले सदरमुकामस्थित तौलिहवा असपतालको मंगलबार अनुगमन गरेका छन् । साे अवसरमा अस्पतालका व्यवस्थापक रत्नाकर शुक्लाले अस्पतालको अवस्थाको बारेमा मन्त्री बराललाई जानकारी गराएका थिए ।
अनुगमनपछि बोल्दै मन्त्री बरालले यसको सेवा विस्तार गर्नका लागि छिटै नै प्रदेश सरकारले अस्पतालमा भर्खर जन्मेका बच्चाका लागि एन आई सिउ सेवा उपलब्ध गराउने बताए । उनले भने यस क्षेत्रको सबभन्दा ठुलो अस्पताल रहेकोले यसको विकासका लागि प्रदेश सरकार विशेष सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
मन्त्री बरालको साथमा प्रदेश सभा सदस्यहरु धर्म बहादुल लाल श्रीवास्तव, प्रदेश सभा सदस्य एवं सामाजिक विकास समितिका सभापति दिर्घ नारायण पाण्डेय, फौजिया नसिम, नेकपाका नेता दीपक पाण्डेय लगायतको उपस्थिति रहेको थियो ।