जिल्लामा एक कार्यक्रमका विच पुस्तक विमोचन गरिएको छ । हरिराज शर्मा अर्याल(हराश) को सोह्रौं कविता संग्रह “अमेरिकामा एक सय अस्सी दिन” एवम् पशुपति मणि त्रिपाठी (घम्मल) को “यशोधरा र ढेबरी”को संयुक्त विमोचन गरिएको छ ।
विमोचन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् पूर्व मन्त्री बृजेश कुमार गुप्ताले जुन अर्यालले अमेरिकामा उनले एक सय असी दिन बसेर अनुभुति गरेर लेख्नु भयो त्यो किताब हामीहरुको लागि ज्ञानबर्धक किताब हुने बताए ।
त्यस्तै पशुपति मणि त्रिपाठीले लेखेका यशोधरा र ढेबरी किताब कपिलबस्तुको लागि नमूना किताब हुने पूर्व मन्त्री गुप्ताले बताए । सरकारले पर्यटन बर्ष २०२० मनाइरहदा गौतम बुद्धको ठाँउमा यस्तो अवस्थामा यशोधराको बरेमा लेख्नु भएको किताब पर्यटकको लागि धेरै मर्ग दर्शन गर्ने उनले बताए । पुर्व मन्त्री गुप्ताले नेपालीमा लेखिएको किताब सम्भव भए अंग्रेजीमा परिवर्तन गर्न सुझाव दिए ।
मैले अमेरिकामा एकसय असी दिन बसे अमेरिकामा भएका विकास सबै राम्रो लग्यो तर मेरो लिटिल बुद्ध, मेरो कपिलबस्तु जन्मभुमि, मतृभुमि नेपाल सम्पूर्ण कुराले भरिपुर्ण भएकोले मलाई अमेरिका राम्रो नलगेको र सोही सम्झानामा उक्त कविता संग्राह तयार परेको हरिराज शर्माले अर्याल (हराश) ले बताए ।
कार्यक्रममा अमेरिकामा एकसय असी दिन कविता संग्राहको समिक्षा दामोदर कोइरालाले गरेका थिए भने यशोधरा र ढेबरीको बरेमा राम प्रसाद कोइरालाले समिक्षा गर्दै प्रकाश परेका थिए ।कार्यक्रम प्रदेश ५ बाङमय प्रतिष्ठान जिल्ला कार्य समिति कपिलबस्तुका अध्यक्ष राघबेन्द्र कुमार श्रीवास्तवको अध्यक्षतामा भएको हो ।