कपिलबस्तुकाे यशोधरा गााउँपालिका ३ बसन्तपुर नालीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।झब्बर प्रसाद तिवारीकी डेढ बर्षिय छोरी सम्झना तिवारीको मृत्यु भएको हो ।
संझना नालीमा मृत अवस्थामा फेला परेकी थिईन । घरको किनारमा रहेको नालीमा खसेर मृत्यु भएको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले जानकारी दिए ।शवलाई पोस्टमार्टमका लागि तौलिहवा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरिक्षक मल्ले जानकारी दिए ।