अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाललाई घुससहित पक्राउ गरेको छ ।
आयोगले बौद्ध विश्वविद्यालयका लेखापाल रत्नेश्वर तिवारीलाई २५ हजार घुससहित पक्राउ गरेको हो ।विश्वविद्यालयका लागि आवश्यक सामग्री खरिद गर्ने क्रममा घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।
विश्वविद्यालयका उपकुलपति, रजिष्टारसहितका पदाधिकारी कार्यालय नभएको मौकामा उनले कार्यकक्षमै घुस लिएको अख्तियारले बताएको छ ।