आसन्न मंसिर १४ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले सबै साना तथा ठूला हातहतियार बुझाउन सर्वसाधारणलाई निर्देशन दिएको छ।
जिल्लाको शिवराज नगरपालिका वडा नं. १० मा हुने उपनिर्वाचनलाई मध्यनजर गरी त्यस पालिका अन्तर्गत रहेका अनुमति प्राप्त हातहातियार मंसिर ९ गतेभित्र नजिकको सुरक्षा निकायमा बुझाउन प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले निर्देशन दिएका हुन्।
प्रजिअ श्रेष्ठले उपनिर्वाचन धाँधलीरहित, भयरहित, शान्त वातावरणमा सम्पन्न गराउन आम नागरिकको पनि दायित्व भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सबै हतियार बुझाउन आग्रह गरिएको बताए।