कुनै समय संचार जगतको सबै भन्दा प्रभावकारी माध्यम बनेको हुलाक सेवा पछिल्लो समय प्रविधिको विकास भए संगै संकटमा परेको छ । सरकारी कार्यालयमा आउने पत्र र केही व्यक्तिगत कामका लागि मात्रै हुलाक सेवा सिमित हुने गरेको छ ।
जिल्लामा १३ वटा ईलाक हुलाक, ५९ वटा अतिरिक्त हुलाक मार्फत जनतालाई सेवा दिदै आएको भए पनि समस्या र चुनौतीहरु भने धेरै देखिएका छन् । यद्यपी सरकारी कार्यालय तथा संस्थाका पत्रहरु र बिदेशबाट आउने ब्यक्तीगत सामानहरु भने हुलाक मार्फत नै आउने गरेका छन ।
हुलाक कार्यालयले आर्थिक वर्ष २०७५।०७६ मा २३ लाख ९३ हजार ३३ रुपयाको टिकट तथा हुलाक रजिष्ट्री बापत रकम संकल भएको हो । त्यस्तै आर्थिक वर्ष २०७५।०७६ उक्त हुलाकमा २० हजार २ सय ७८ चिठ्ठी पत्र, रजिष्ट्री र साधारण दर्ता गरेको हुलाक कार्यालयका सुचना अधिकारी गुड्डु कोरीले बताए ।
अहिलेको परिबेशमा इन्टरनेटको व्यवस्था भए पनि सरकारले हुलाक सेवालाई व्यवस्थित गर्न नसकेकोले हुलाक सेवा संकटमा परेको स्थानिय दिपक पाण्डेले बताए । हुलाक सेवाले घरदैलोमा सेवा दिदै आए तापनि अहिलेको सुचना प्रविधिका कारणले सेकेन्ड सेकेन्डमा मनिसले सुचना लिने चिठ्ठी पत्रहरु अदान प्रदान गर्न सक्ने कारणले हुलाक सेवा छांयामा परेको हुलाक कार्यालयका प्रमुख बुद्ध प्रकाश पौडेलले बताए । हुलाक सेवाले नँया प्रविधि भित्र्याउनु पर्ने उनले बताए ।
वि.स. २०३३ साल देखि शुरु भएको हुलाक बचत बैंक न्यून स्तर जनताका २।४ रुपया बचत गनै सेवा उपलब्ध गराएको कार्यालय प्रमुख पौडेलले बताए । उनले सम्पूर्ण सेवाग्राहीलाई हुलाक सेवा प्रयोग गर्न आग्रह समेत गरे ।
सरकारको कार्यशैली संगै ब्यक्तिगत तथा पारिवारिक सुचना आदान प्रदान गर्न जनताको घर दैलोमा बि.स. १९३५ देखि हुलाक सेवा प्रवाह हुदै आएको छ ।