कपिलवस्तुमा आफ्नै छोराले घाँटी च्यापेर आमाको हत्या गरेका छन्। कपिलबस्तु नगरपालिका –८ दोहनीका सुरेन्द्र कुर्मीले ५५ बर्षीया आमा फुलमतीको घाँटी च्यापेर हत्या गरेको प्रहरीले जनाएको छ।
मादकपदार्थ सेवन गरी शनिबार राति कुटपिट गरी घाँटी च्यापेर आमाको हत्या गरेको प्रहरीले जनाएको छ। मृतक फुलमतिको शव पोष्टमार्टमका लागि तौलिहवा अस्पतालमा राखिएको छ। छोरा कुर्मी फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
सँगोलमा रहेको खेतमध्ये १ बिघा आफ्नो नाममा दर्ता गरिदिनु पर्ने माग राख्दै सुरेन्द्रले परिवारमा झगडा गर्ने गरेको वडाध्यक्ष शिवकुमार पाण्डेयले बताए। सुरेन्द्र सुस्त मनिस्थितिका रहेको वडा अध्यक्ष पाण्डेयको भनाई छ।