असारे विकास सक्ने चटारो बढिरहेका बेला अलकत्रको अभाब सिर्जना भएको छ । भारत तथा तेश्रो मुलुकबाट नेपाल आयात हुने अलकत्र तथा मट्टीतेलको अभाब भएको हो । भारतबाट नेपाल आयात हुने अलकत्रको आयात दर ९९ प्रतिशत (गाडी संख्या) कमभएपछि रुपन्देही क्षेत्रमा सडक निर्माणको काम प्रभाबित भएको हो ।
अहिले प्रदेश ५ मा विकासको चरणमा रहेका सडक आयोजना निर्माण सम्पन्न गर्नका लागि झण्डै ५ सय ट्रक अलकत्र आवश्यक पर्ने लुम्बिनी निर्माण ब्यबसायी संघ बुटवलका अध्यक्ष मोहनलाल जोशीले बताए ।ब्यबसायी संघले बुटवलमा पत्रकार सम्मेलन गर्दै निर्माणका लागि चाहिने कच्चा पदार्थ बिटुमिन,अलकत्र तथा मट्टीतेल पाइनै छाडेको बताएको छ ।
राज्यको निरिहपनका कारण हामीले दुख पायौं,हामीले काम सकिदिनुपर्ने राज्यले नाक फुलाउने हामीलाइ राज्यले सहजीकरण गर्नु पर्दैन ?लुम्बिनी निर्माण ब्यबसायी संघ बुटवलका पूर्व अध्यक्ष जविन कक्षपतीले भने ।
‘निर्माणमा समय तोक्ने,आबश्यक कच्चा पर्दाथको अभाब छ,हामीले कहाबाट ल्याउने अलकत्र, कसरी समयमै निर्माण सकिन्छ उनले प्रश्न गरे । अहिले हरेक क्षेत्रका सडकमा धमाधम कालोपत्रेको काम भैरहेको छ । यसअघि उनीहरुले प्रदेश ५ को भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीलाइ सहजीकरण गर्न भन्दै ज्ञापनपत्र पनि बुझाएका थिए ।
निर्माण ब्यवसायी यदुनाथ पाण्डेले सरकारले सहजीकरण गरिदिएमा निर्माणाधिन अवस्थामा रहेका ७० प्रतिशत काम समयमै सकिने दाबी गरे ।लुम्बिनी निर्माण ब्यबसायी संघ बुटवलका सचिव ज्ञान बहादुर पुनले
आफुहरुको चाहना समयमै निर्माण सकेर रकम भुक्तानी लिने भएको बताए । तर राज्यले निर्माण सकेका आयोजनाको रकम भुक्तानी नदिएर विकास निर्माणमा असहयोग गरेको छ गुनासो गरे । ‘हामीहरुलाइ ऐनले बांध्ने ,म्यादपनि नथप्ने कसरी काम गर्ने सरकारले जवाफ दिनुपर्यो । निर्माण ब्यवसायी राजन ज्ञवालीको गुनासो छ ।