कपिलवस्तुको शिवराज नगरपालिकामा पौडी खेल्ने क्रममा तीन जनाको ज्यान गएको छ।
गर्मी चर्किएपछि साथीहरु मिलेर पौडी खेल्न गएका चार जना मध्ये ३ जनाको मृत्यु भएको हो। मंगलबार दिउँसो पौडी खेल्नेक्रममा हल्लानगरस्थित सुरई नदीको रहमा डुबेर उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा बिजयनगर गाउँपालिका अन्दाजी १६÷१७ बर्षका आशिष भट्टराई, सोही ठाउँका १८ बर्षीय सुमित सुनार र सोही ठाउँकै १७ बर्षीय निरन्जन भुसाल रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
उनीहरु पौडी खेल्नका लागि रहमा गएका थिए। दिउँसो तीन बजे घटना घटेको थाहा पाएपछि वडा प्रहरी कार्यालय कपिलवस्तुको टोली घटनास्थल पुगेपनि उनीहरुको ज्यान गैसकेको प्रहरीले जनाएको छ। पौडी खेल्नका लागि चार जना गएपनि एक जना सकुशल रहेको प्रहरीको भनाई छ। केहि दिन अघि मात्र पनि सोहि स्थानमा डुवेर एक जनाको मृत्यु भएको थियो।
तराईका जिल्लामा नदि तथा विभिन्न जलाशयमा पौडी खेल्न जानेहरुको संख्या धेरै रहेको छ। तर खेल्न नजानेका कारण कतिपयको मृत्यु हुनेको छ। रुपन्देहीमा पनि पौडी खेल्नेक्रममा डुवेर ४ जनाको मृत्यु भैसकेको रुपन्देही प्रहरीले जनाएको छ।