नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बारा, पर्साका हावाहुरी पीडितहरुलाई पार्टीका तर्फबाट २५ लाख रुपैंया सहयोग गर्ने घोषणा गरेका छन्।
हावाहुरी प्रभावित बाराको फेटा गाउँपालिका पुगेर त्याँहाको अबस्था अबलोकन गरेपछि सभापति देउवाले पार्टीका तर्फबाट सहयोग गर्ने घोषणा गरेका हुन्।
यसअघि सोमबार उपसभापति विमलेन्द्र निधिले प्रभाबित क्षेत्रमा पुगेर प्रदेश नम्बर २ र आफ्नो तर्फबाट गरी १० लाख सहयोग गर्ने घोषणा गरेका थिए। यसैगरी कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सांसदहरुको दुई दिन बराबरको रकम आँधी प्रभाबितका लागि सहयोग गर्ने बताइसकेका छन्।
सभापति देउवाले हावाहुरी प्रभावितहरुलाई भेटेर केन्द्र सरकारको उपस्थित कम देखिएको भन्दै असन्तुष्टि जनाएका छन्। प्रभाबित क्षेत्रमा जानुअघि सभापति देउवाले अस्पतालमा उपचार गराइरहेका घाइतेहरुलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका थिए।