संघीय समाजवादी फोरमका उपाध्यक्षसमेत रहेका प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतको समूह पार्टीको प्रदेश नं २ को पहिलो अधिबेशनमा नराम्ररी पराजित भएको छ।
सिरहाको लहानमा आइतबार सम्पन्न निर्बाचनमा पर्सा जिल्लामा पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादब समूहले जित हात पारेको छ भने मुख्यमन्त्री राउतका दुुईजना प्रमुख सहयोगी नै पराजित भएका छन्।
मुख्यमन्त्री स्वच्छता अभियानका संोजक समेत रहेका फोरको प्रदेश नंबर २ का सचिब सलाउद्दिन अहम्मद र मुख्यमन्त्रीको संसदीय बजेटका हर्ताकर्ता शेख समिर पराजित भएका हुन्।
फोरमको प्रदेश नंबर २ अन्तर्गत पर्साको भागमा परेको ६ जना प्रदेश सदस्यमध्ये पाँच जना प्रदीप यादबको खेमाबाट निर्बाचित भएका छन्। जुन चुनाबलाई फोरमका कार्यकर्ताहरुले मुख्यमन्त्री र प्रदीप यादबबीचको शक्तिपरीक्षणका रुपमा हेरेका थिए। प्रदीप यादब खेमाबाट सिंहासन कलवार,शशिकपुर मियाँ, महाराज यादब, बीरेन्द्र यादब र मदन चौहान निर्बाचित भएका छन्। सो खेमबाट प्रदीप सुुबेदी भने पराजित भएका छन्।
६ प्रदेश सदस्य रहेको पर्साबाट अर्का एकजना दीपक यादब निर्बाचित भएका छन्। यादब मुख्यमन्त्रीका स्वकीय सचिब भए पनि व्यक्तिगत पहुँचका कारण निर्बाचित भएको फोरम पर्साका नेताहरुको बुुझाई छ।
आफ्नो प्रदेशको अधिबेशनमा प्रदेश नंबर २ को एकमात्र महानगरपालिका वीरगञ्जका मेयर बिजय सरावगी भने अनुपस्थित रहे। फोरमका तर्फबाट महानगरमा बिजयी सरावगी प्रदेशको पहिलो अधिबेशनमा अनुपस्थित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।