नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आइतबार राति बारा र पर्सामा आएको हावाहारीका कारण मृत्यु भएकाहरुका परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन्।
मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनिया पुगेका अध्यक्ष दाहालले पार्टीका तर्फबाट मृतक परिवारलाई ५÷५ लाख दिने घोषणा गरेका हुन्। बरैनियामा आयोजित औपचारिक कार्यक्रममा उनले यस्तो घोषणा गरेका ह्ुन्।
उनले बिपत्को घडीमा मानवीय सहयोगमा जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन समते दिए।