पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले भुकम्पवाट प्रभावित नागरिकहरुको सवै काम अव स्थानीय निकायवाटै हुने वताएका छन् । रामेछाप जिल्लाको पुरानो सदरमुकाममा रहेको गौरी शंकर माध्यामिकविद्यालयको भवन हस्तान्तरण गर्ने क्रममा मंगलवार साे कुरा बताएका हुन् ।
२०७२ सालमा गएको भुकम्पले मुलुकलाई तहस नहस पारेको स्मरण गर्दे ज्ञवालीले त्यसैको व्यवस्थापनकालागि गठन भएको प्राधिकरणले पुनःनिर्माणका क्रममा देखिएका सवै समस्यालाई तत्काल हलगर्दै जाने नीति अवलम्वन गरेको जानकारी पनि दिए ।भवन हस्तान्तरण कार्यक्रमका प्रमुखअतिथि समेत रहेका ज्ञवालीले आगामी दुई बर्ष पछि प्राधिकरण विघटन भई सक्ने भएकोले त्यस अघिनै पुननिर्माणको सवै काम सकेर मुलुकलाई नयाँ रुपदिने प्राधिकरणको अभियानलाई सवै क्षेत्रलाई साथदिन पनि आग्रह गरे ।
उनले पुनःनिर्माण संगै विपन्न र वेरोजगार हरुकालागि जिविको पार्जन र आयआर्जनका कार्यक्रम पनि एकै साथ लैजाने तयारी भईरहेको जानकारी पनि गराए । गुणस्तरीय शिक्षाबिनाको सुन्दर र सुरक्षित भवनले सार्थक परिणाम दिन नसक्ने भन्दै प्रमुख ज्ञवालीले शिक्षक विद्याल यव्यवस्थापन समिति र अबिभावकहरुलाई गुणस्तरीय शिक्षामा ध्यानदिन पनि आग्रह गरे ।
कार्यक्रमा अमेरीकी राजदुत र्याण्डी डब्लु बेरीले बिद्यालयको भवननिर्माणमा अमेरीकी जनता र अमेरिकन सरकारको तर्फबाट सहायोग गर्न पाएकोमा बिद्यालय शिक्षक र अभिभावकहरु प्रति आभार प्रकट गरेका थिए । उनले भुकम्प पछि नेपालका भूकम्प प्रभाबित करिब २० लाख बिद्यार्थीहरुको पठन पाठनमा अप्ठेरो परेको कारण प्रभाबित बिद्यालयका भवननिर्माणमा सहयोग गर्न पाउदा खुसी लागेको बताए ।
अमेरीकीजनता यू एस ए आइ डी को आर्थिक सहयोगमा १७महिना अघिबाट स्वच्छन्द जे भी निर्माण सेवाले काम सुरु गरेको थियो । कुल ११ करोड ३३ लाख रुपैयाको लागतमानिर्माण सम्पन्न भएको बिद्यालयको ८ वटा भवनमा २६ वटा कक्षाकोठा रहेका छन् । जसमा बैठक कक्ष, पुस्तकालय, बिज्ञान प्रयोगशाला, कम्प्युटर कक्ष, अत्याधुनिक शौचालय र चमेना गृहको समेत छुट्टा छुट्टेै ब्यवस्था गरिएको छ ।
रामेछाप नगरपालिकाकानगर प्रमुख नर बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न उक्तकार्यक्रममा केन्द्रीय कार्यान्वयन इकाईका युगनारायण श्रेष्ठ, बिद्यालयका प्रधानाध्यापक निर बहादुर कर्की लगाएतले बिद्यालय भवन निर्माणमा सहयोग गरेको भन्दै यू एस ए आइ डि र ब्यवस्थापनमा सहयोग गर्ने एसियालीबिकास बैकप्रतिआभार प्रकट गरेकाथिए ।