नेपाली काग्रेसका नेता एबं पूर्ब मन्त्री बलबहादुर केसीले अहिले सरकारले गरेका कृयाकलापहरुको सबै मिलेर खबरदारी गर्नुपर्ने बताएका छन् ।
रामेछापको मन्थलीमा आयोजित कार्यकर्ता भेटघाटमा बाेल्दै नेता केसीले सरकारले अधिनायक बाद लाद्न खोजिरहेको भन्दै सरकारका त्यस्ता गतिबिधिलाई खबरदारी गर्नु पर्नेमा जाेड दिए ।
उनले नेपाली काग्रेसको महासमिति बैठक निर्धारित मितिमा नहुनु र पटक-पटक सारिनु केन्द्रीय समितिको कमजोरी भएको समेत बताए । उनले कार्यकर्ताहरूलार्इ केन्द्रले के गर्छ वा गर्दैन भनेर पर्खनु भन्दापनि गाउँ गाउँमा संगठन बिस्तारको काममा लाग्न आग्रह गरे ।
किसुनजी र गणेशमानको जस्तो लगनसिलता र मेहनतीपन काँग्रेसका नेताहरुमा नभएका कारण पार्टीले अधिकांस स्थानमा पराजय भाेग्नु परेकाे स्मरण गर्दै उनीहरुले देखाएको बाटोमा सबैजना हिडनु पर्ने अावश्यकता अाैल्याए ।