लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् ।
सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै उनी विजयी भएका हुन् ।पाण्डेय माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार बनेका थिए ।
पाण्डेयले एमालेका उम्मेदवार चन्द्र बहादुर खड्कालाई ५ सय ४६ मतअन्र्तरले पारेका हुन । एमालेबाट प्रदेश सभा कपिलबस्तु क्षेत्र नं. २ को ख बाट जितेका पाण्डेयले राजिनामा दिएर नेपाली काग्रेसमा प्रवेश गरेका थिए । पाण्डेले स्थानीय तह तर्फ २ हजार १ सय २४ मत भार र प्रदेश तर्फ मतभार २ हजार १६ प्राप्त गरेका छन । खड्काले स्थानीय तह मतभार र प्रदेश तर्फ १ हजार ९ सय २० मतभार प्राप्त गरेका छन ।
तीन सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको थियो । निर्वाचनमा राप्रपाले बहिस्कार गरेको छ । २ मत बदर भएको थियो । नेपालगन्ज उपमहानगरका मेयर , नरैना गाउपालिका र दरबार गाउपलिकाका अध्यक्ष मत हाल्न आएनन । निर्वाचनका तीनवटा मतदान केन्द्रबाट मतदान भएको थियो ।चन्द्रबहादुर खड्का भने माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए ।