कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह नेकपामा प्रबेश गरेका छन्।
नगर प्रमुख शाह गत स्थानीय चुनावमा स्वतन्त्रबाट निर्वाचित भएका थिए। शाहलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेता मातृकाप्रसाद यादवले काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच पार्टीमा प्रवेश गराई स्वागत गरेका हुन्।
नगर प्रमुख शाहले नेकपाको नीति राम्रो भएकाले आफू सो पार्टीमा प्रवेश गरेको बताए। तत्कालीन संघीय समाजवादी फोरमबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए।