पूर्वराजा ज्ञानेन्द्र शाहले धार्मिक भ्रमणको क्रममा कपिलवस्तुको बुद्धभुमी नगरपालिका २ स्थित पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरेका छन् । प्रदेश ५ का बिभिन्न जिल्लाको भ्रमणमा निस्किएका पूर्व राजा ज्ञानेन्द्र शाह कपिलवस्तु पुगेका छन ।
कपिलवस्तु आएका पूर्व राजा शाहले जिल्लाको बुद्धभुमी नगरपालिका वडा नम्बर २ को पशुपतिनाथ मन्दिरमा पुगी धार्मिक बिधी अनुसारको पुजा गरेका हुन । मन्दिरमा पूर्व राजा शाह प्रवशे गर्ने क्रममा बटुकहरुले स्वस्ती बाचन गरेका थिए । पूर्वराजा शाहले करिब १५ मिनट सम्म मन्दिरमा गणेश, कलस र शिवजीको पुजा गरे । पूर्वराजालाई स्वागत गर्न गोरुसिंङ्गे देखि मन्दिर सम्मको करिब १ किलोमिटरको दुरीमा नागरिकहरु लाम लागेका थिए ।
पूर्वराजाको पैदल यात्राको क्रममा गाउँगाउँबाट आएका जानताले पूवराज शाहको पक्षमा चर्का नारा पनि लगाएका थिए । बालबालिकादेखि वृद्धवृद्धाहरु समेत राजतन्त्रको पक्षमा नाराबाजीमा देखिएका थिए । पूर्वराजा शाहको स्वागतमा ठुलो संख्यामा जनसहभागी हुदाँ आफूहरु उत्साहित भएको मुल आयोजक समितीका संयोजक भिष्म बन्जाडेले जानकारी दिए ।
राजा राष्ट्रियताको प्रतिक भएको बिषय अमम नागरिकले स्पष्ट रुपमा बुझेको बताउदै बन्जाडेले पछिल्लो समय गणतन्त्रबादीको गतिविधिले नागरिकलाई निराश बनाएको स्पष्ट पारे ।