कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. १० मा मतदान शुरु भएको छ।
उक्त वडामा विहान ७ बजेदेखि मतदान शुरु भएको जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले बताए। कपिलबस्तुमा एक वडा अध्यक्षको लागि उपनिर्वाचन हुदैछ। सो वडामा २ हजार ७२ मतदाता छन्। निर्वाचनको लागि २ वटा मतदान स्थल र ३ वटा केन्द्रमा मतदान भइरहेको भण्डारीले जानकारी दिए।
वडा नं १० को अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट देवराज भारती, नेकपाबाट अदालत मनिहार, राजपाबाट मञ्जु मिश्र, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी, र राप्रपाबाट बलभद्र मिश्र, राप्रपा संयुक्तबाट नुर महोम्मद मनिहार, जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी उम्मेदवार छन्।
स्वतन्त्र उम्मेदवारमा शिवभक्त नाउ, शिवनारायण कुर्मी, रामप्रसाद कोरी र मोहम्मद रफिक मनिहार चुनावी मैदानमा छन् ।