नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिहंले मेलम्चीको पानी ल्याउन नसक्ने सरकारले पानी जहाजको सपना देखाएको बताएका छन् । उनले जनताको दैनिक आवश्यकताका कुरामा ध्यान दिनुको सट्टा ठूला-ठूला सपना बाँढेर हिडेको टिप्पणी गरे ।
गणेशमान सिंह स्मृति पुस्ताकालय सैनामैनाको आयोजनामा शनिबार भएको विचार गोष्ठीलाई सम्बोधन गर्दै सिंहले उनले सरकार पूर्णरुपमा असफलताको दिशामा अघि बढेको पनि बताए ।
राम्रा काममा भन्दा नराम्रा काममा प्रतिस्पर्दा भइरहेकाे छ, अहिलेको सरकारका हरेक गतिविधि अलोकतान्त्रिक हुदै गएकाले एकपछि अर्को बिधेयक ल्याउदै गएको उनको दाबी छ । जनअधिकार कुण्ठित पार्ने गरि विधेयक आईरहनुले सरकारको नियतमाथी शंका जन्माउने प्रशस्त ठाँउ रहेको सिंहले बताए । उनले सरकार सर्बसताबादी बाटोतर्फ अघिबढिरहेकाले सजक रहन समेत नेता कार्यकतामा अपिल गरे ।
बर्तमान सरकार एकपछि अर्को भ्रष्टाचारका मुद्दाहरुमा रुमलिएकाले सुशासनको अपेक्षा गर्न नसकिने उनको टिप्पणी छ । सरकारले गरेका हरेक अलोकतान्त्रिक गतिविधिको विरोधमा कांग्रेस सदन देखि सडक सम्म खरोरुपमा उत्रिने समेत उनले बताए । नेता सिहले कांग्रेसकै नेतृत्वमा सविधान जारी भएको बताउदै जनताको इच्छा,माग र चाहानलाई परिपुर्ति गर्ने मुद्धाहरुमा सधै तल्लीन रहने बताए ।
अवको कांग्रेस साङगठनिक र बैचारिक रुपमा शसक्त हुदै जाने भन्दै आउने चुनावमा कांग्रेस पहिलो पार्टि भएर खडा हुने दाबी सिंहको छ । पार्टीभित्रैबाट अन्तरघातका कारण कांग्रेसले हार ब्यहोर्न परेको उनको भनाई छ ।
सो अवसरमा प्रजातन्त्र र लोकतन्त्रका लागि सधै शान्तिपूर्ण आन्दोलन गरिरहने काँग्रेसी नेताहरुले बताए । गणेशमान सिंह स्मृति पुस्ताकालय सैनामैनाका सभापति तेज प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कांठमाण्डौ सभापति सनोज वानिया, प्रदेश सभा सदस्य फकर्र्दिन खां, जिल्ला नेताहरु रामचन्द्र ढकाल, फडिन्द्र शर्मा लगायतले बोलेका थिए ।