Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Saturday, January 23, 2021 | शनिबार, माघ १०, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
विचार
  • गृहपृष्ठ
  • विचार
कांग्रेसको डेनमार्क भेला : भ्रम र यथार्थ
रामजी दाहाल
रामजी दाहाल कोपनहेगन, २१ असार
कांग्रेसको डेनमार्क भेला : भ्रम र यथार्थ

जनसम्पर्क समितिको विश्वस्तरीय भेला एवं प्रशिक्षण कार्यक्रमबारे काठमाडौंमा बसेर गरिएको टिका–टिप्पणीको कुनै अर्थ छैन। २३ देशका नेपाली सहभागी कोपनहेगनको ऐतिहासिक भेलाले विदेशमा रहेका नेपालीमाझ सकारात्मक सन्देश दिएको छ।
असार दोस्रो साता डेनमार्कको राजधानी कोपनहेगनमा नेपाली कांग्रेस जनसम्पर्क समितिमा आबद्ध देशका नेता कार्यकर्ताका लागि विश्वस्तरीय भेला एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । भेलामा जनसम्पर्क समितिका अध्यक्ष, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसहित करिब २ सय जना सहभागी थिए । भेलामा जनसम्पर्क समिति विस्तार भएका ३३ देशबाट सहभागी हुने भनिए पनि २३ देशको मात्र सहभागिता रह्यो । प्रमुख रूपमा भिसाको समस्याले खाडी मुलुकबाट मलेसियाबाहेक अरूको प्रतिनिधित्व हुन सकेन ।
जनसम्पर्क समितिबीच यस्तो भेला पहिलोपटक भएकाले पनि सहभागिता उत्साहपूर्ण थियो । भेलाले जनसम्पर्क समिति आबद्धहरूबीचको आपसी सम्बन्धलाई आत्मीय बनाएको छ । भावनात्मक रूपमा एकाकार गराएको छ । कार्यक्रममा प्रशिक्षणका साथै बढ्दो तापक्रम र नेपालमा पर्ने प्रभाव, बदलिएको राजनीति, दक्षिण एसिया र नेपाल, समाजवादको युरोप अनुभव र नेपाललगायत विषयको छलफल पक्कै पनि सहभागीका लागि उपयोगी हुन पुग्यो ।
डेनमार्कका पूर्वसांसद एवं त्यहाँको समाजवादी लोकतान्त्रिक पार्टीका नेता युल्डिज अक्डगनले समाजवाद र युरोपको अनुभवसम्बन्धी प्रशिक्षण दिएकी थिइन् । युरोपमै रहेर पनि त्यहाँको राजनीतिलाई नजिकबाट मसिनो गरी थाहा नपाएका नेपालीका लागि समाजवादी पार्टीकी अक्डगनको प्रस्तुति रोचक थियो भने अन्य मुलुकमा सहभागीका लागि रोचक नहुने कुरै भएन ।
नेपालको समृद्धिमा नेपाली डायस्पोराको भूमिका विषयमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रशिक्षणबाट सहभागी दंग परेका थिए । केन्द्रीय अनुशासन समिति संयोजक कांग्रेस नेता भीष्मराज आङदेम्बेको पार्टीको सिद्धान्तको व्यवहारिक प्रयोग र अनुशासनसम्बन्धी प्रस्तुति दिएका थिए । उनको प्रस्तुतिपछि सहभागीहरूले आगामी दिनमा अनुशासनमा कडाइ गर्नुपर्नेमा ध्यानाकर्षण गराएका थिए । डा. मीनेन्द्र रिजालले बदलिएको विश्व राजनीति, दक्षिण एसिया र नेपाल विषयमा प्रस्तुत गरेका थिए । कांग्रेस नेता डा. रामशरण महतले नेपाली कांग्रेसको अर्थनीति, नेता धनराज गुरुङले लोकतन्त्रमा नेतृत्व विकासको प्रश्न र नेपाल सन्दर्भका विषयमा बिषयमा प्रशिक्षण दिएका थिए । यसका साथै, प्रशिक्षणमा केही समयअघि पारित कांग्रेसको विधानको नयाँ व्यवस्था, महासमिति बैठकका राजनीतिक, आर्थिकसहित प्रस्तावका विषयमा पनि सहभागीलाई जानकारी गराइएको थियो ।
नेपालको विकासमा विदेशमा रहेका नेपालीले कसरी योगदान गर्न सक्छन् भन्ने विषयमा गम्भीर छलफल भएको थियो । बेलायतबाट छलफलका लागि आएका गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले विदेशमा कमाएको सम्पत्ति स्वदेशमा लगानी गर्न आफूहरू तयार भएको बताए । तर, पसिनाको कमाइको सुरक्षाको भरपर्दो आधार हुनुपर्नेमा उनले कांग्रेस नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
लगानी मात्र नभई विदेशमा रहेका नेताहरूको सीप, क्षमता र योग्यता प्रयोग कसरी गर्ने भन्ने विषयमा पनि छलफल भयो । विदेशमा रहेका नेपालीसँग नेपालले अरू सबै कुरा छाडेर पैसा मात्र मागेको होइन, उनीहरूसँग भएको सीप, क्षमतालाई पनि देश विकासमा उपयोग गर्नुपर्छ भन्नेमा कांग्रेस नेतृत्व सहमत भएको छ । ती सहभागीले विदेशमा रहेका आफ्ना नागरिकलाई मताधिकारको व्यवस्था गर्न नेपालको सर्वोच्च अदालतले दिएको आदेशको कार्यान्वयनका लागि पनि ध्यानाकर्षण गराएका थिए ।
पार्टीको आन्तरिक प्रशिक्षण मात्र नभई नेपालको समृद्धिमा बाहिर रहेका नेपालीको भूमिका के हुन सक्छ भन्ने विषयको छलफल सिंगो मुलुकका लागि भोलिका दिनमा उपयोगी हुने अनुमान लगाउन सकिन्छ ।
भेलाको उद्घाटनका अवसरमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टीकै कारण गणतन्त्रसमेत खतरामा परेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन देशभित्र र बाहिरका नेपाली एक ठाउँमा हुनुपर्नेमा जोड दिएका थिए । महामन्त्री डा. शशांक कोइरालाले लोकतन्त्रको रक्षा गर्नु लोकतन्त्रवादीको प्रमुख दायित्व भएको बताए ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति जर्मनीका संस्थापक अध्यक्ष दिलबहादुर गुरुङ, स्पेनका संस्थापक अध्यक्ष चिन्तमणि सापकोटा, नेदरल्यान्डका संस्थापक अध्यक्ष नारायण आचार्य, अमेरिकाका विष्णु सुवेदी, भारतका अध्यक्ष बालकृष्ण पाण्डे, एनआरएन सचिव जानुका गुरुङ, जनसम्पर्क समिति डेनमार्कका निवर्तमान अध्यक्ष रामचन्द्र पाठक, पूर्वअध्यक्ष यमलाल सुवेदी, त्रिलोचन सापकोटा, नवीनराज पौडेल तथा डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्साललगायतले भेलाको औचित्यबारे धारणा राखेका थिए । जनसम्पर्क समिति डेनमार्कका सभापति वीरेन्द्रसिंह कार्कीले समाजवादी राष्ट्रहरूको डेमोक्र्याटिक अभ्यासबारे भएको ‘आइडिया सेयर’ उपलब्धिमूलक भएको बताए ।
विश्वस्तरीय भेला उपलब्धिमूलक लागेरै नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाकान्त पंगेनीले खाडी मुलुक स्तरीय भेलाको संयोजन गर्न आफू तयार रहेको जानकारी गराए । यसका लागि उनले प्रतिष्ठानका प्रमुख निधि र कार्यकारी निर्देशक पुरुषोत्तम दाहालको ध्यानाकर्षण गराएका थिए ।

प्रायोजित हल्ला
डेनमार्क भेला तयारी सुरु भएपछि नै खासगरी कांग्रेसभित्र यसबारे अनेक चर्चा र टिकाटिप्पणी सुरु भएको थियो । सानेपाबाट सुरु भएको यो चर्चालाई केही मिडियाले पनि समाचारको विषय बनाए । भेला सुरु भएपछि पनि काठमाडौंमा केही टिकाटिप्पणी भए । कुनै एउटा मिडियाले त मुस्लिकले ५० जना पनि सहभागी नभएको भनेर आधारहीन समाचार प्रकाशित गरेको थियो । जबकि भेलामा २ सयको हाराहारीमा सहभागी थिए । भेला औचित्यहीन भएको सावित गर्न यी र यस्ता बनिबनाउ कुरा गरिएको बुझ्न कुनै कठिनाइ छैन ।
अझ रोचक कुरा त के भने प्रशिक्षण सकिएपछि नेताहरू युरोप भ्रमणमा व्यस्त रहेको भनेर समाचार छपाएको पनि देखियो । यस्तो समाचार कहींकतैबाट निर्देशित रूपमा आएको होइन भने त प्रशिक्षण सकिएपछि काठमाडौंबाट गएका सहभागीहरू के गर्दै छन् भनेर यथार्थ कुरा बुझन पनि सकिन्थ्यो । त्यसकारण यथार्थ नबुझी हल्ला र प्रायोजित रूपमा समाचार आएको पुष्टि अरू कसैले गर्नुपरेन प्रशिक्षण कार्यक्रम सकिएको भोलिपल्टै उपसभापति निधि, महामन्त्री कोइरालासहित नेपालबाट गएका सबै फर्केबाटै प्रस्ट भयो ।

प्रकाशित मिति: शनिबार, असार २१, २०७६, ०२:५६:००
रामजी दाहाल
रामजी दाहाल @ramjeedahal लेखक स्पेसखबर डटकमका सम्पादक हुन्।
लेखकबाट थप
  • पारिश्रमिक लिन नमिल्ने जनप्रतिनिधिलाई १४ थरी सुविधा, राज्यकोषमा वार्षिक रु.८ अर्ब व्ययभार थप
  • चन्द्रबहादुर दमाईको भत्किएको घर र भक्कानिएको मन
  • कांग्रेसमा सहमतिको ‘रिले दौड’
  • सी पिङको चिनियाँ पथबाट प्रशिक्षित नेपालका कम्युनिष्टबाट लोकतन्त्र बलियो हुन्छ?
  • पोखरामा अञ्जुको हुक्का
  • ‘माओवादीले खुकुरी देखाएर आँखामा एसिड खन्याए’
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
दलभित्रको कचिङ्गलले प्रतिनिधिसभालाई पनि शिकार बनाउने अवस्था अन्त्य गर्न  विघटन गरेकाे हुँ :प्रधानमन्त्री ओली(पूर्ण पाठसहित)
दलभित्रको कचिङ्गलले प्रतिनिधिसभालाई पनि शिकार बनाउने अवस्था अन्त्य गर्न विघटन गरेकाे हुँ :प्रधानमन्त्री ओली(पूर्ण पाठसहित)
राजा महेन्द्रमाथि बम प्रहार गर्ने अरबिन्द ठाकुरको सम्झनामा
राजा महेन्द्रमाथि बम प्रहार गर्ने अरबिन्द ठाकुरको सम्झनामा
बहुलाएको हात्ती र ओली सरकार
बहुलाएको हात्ती र ओली सरकार
वीपीले लेखेकाे चिठीमा कांग्रेसका ७ खराबी
वीपीले लेखेकाे चिठीमा कांग्रेसका ७ खराबी
कृपया रोक्नुहोस् विधान विपरितका निर्णयहरु !
कृपया रोक्नुहोस् विधान विपरितका निर्णयहरु !
१४ औं महाधिवेशनः आगामी राष्ट्रिय चुनावसँग जोडेर हेर्नुपर्छ
१४ औं महाधिवेशनः आगामी राष्ट्रिय चुनावसँग जोडेर हेर्नुपर्छ
  • ताजा समाचार
  • ट्रेण्डिङ
कावासाेतीमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
कावासाेतीमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै
खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै
अदालतलाई नधम्क्याउन ओलीकाे चेतावनी,२३ गतेकाे आमसभा  हेर्न आग्रह
अदालतलाई नधम्क्याउन ओलीकाे चेतावनी,२३ गतेकाे आमसभा हेर्न आग्रह
प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दाहेर्दैमाःआइतबार पुनःबहस हुने
प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दाहेर्दैमाःआइतबार पुनःबहस हुने
दाहालले भने-तीन वर्षसम्म ओली प्रवृत्तिलाई तह लगाउन नसक्दा याे स्थिति भयाे
दाहालले भने-तीन वर्षसम्म ओली प्रवृत्तिलाई तह लगाउन नसक्दा याे स्थिति भयाे
नेपाल एयरलाइन्सको जहाजबाट मलेशियामा अलपत्र १७ नेपालीकाे शव ल्याइँदै
नेपाल एयरलाइन्सको जहाजबाट मलेशियामा अलपत्र १७ नेपालीकाे शव ल्याइँदै
मुख्यमन्त्री पौडेलविरुद्धकाे अविश्वास प्रस्तावमाथि १९ गते छलफल
मुख्यमन्त्री पौडेलविरुद्धकाे अविश्वास प्रस्तावमाथि १९ गते छलफल
आफ्नो पक्षमा दुईतिहाइ आउने नदेखेसम्म ओलीले चुनाव गर्दैनन् : भुसाल
आफ्नो पक्षमा दुईतिहाइ आउने नदेखेसम्म ओलीले चुनाव गर्दैनन् : भुसाल
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द 1
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द
प्रतिनिधिसभा विघटन मुद्दामा बहस गर्दै कसले के भने ? 2
प्रतिनिधिसभा विघटन मुद्दामा बहस गर्दै कसले के भने ?
प्रधानमन्त्री कि संसदमा फर्केर आउनुपर्छ कि हराउनुपर्छ  भन्दा प्रधानन्यायाधीशले भने, 'यस्तो उदाहरणमा नजाऔँ ' 3
प्रधानमन्त्री कि संसदमा फर्केर आउनुपर्छ कि हराउनुपर्छ भन्दा प्रधानन्यायाधीशले भने, 'यस्तो उदाहरणमा नजाऔँ '
संसद बिघटन गरेर ओली राजतन्त्र फर्काउन खोज्दैछन्ः प्रचण्ड 4
संसद बिघटन गरेर ओली राजतन्त्र फर्काउन खोज्दैछन्ः प्रचण्ड
'देशले खाेजेकाे अभिभावकीय जिम्मेवारी अब कांग्रेसले निर्वाह गर्न सक्नुपर्छ' 5
'देशले खाेजेकाे अभिभावकीय जिम्मेवारी अब कांग्रेसले निर्वाह गर्न सक्नुपर्छ'
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP