Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Friday, June 02, 2023 | शुक्रबार, जेठ १९, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
विचार
  • गृहपृष्ठ
  • विचार
 विश्वसनीय पत्रकारिताको सङ्कल्प
रामजी दाहाल
रामजी दाहाल काठमाडौँ, २१ वैशाख 
 विश्वसनीय पत्रकारिताको सङ्कल्प

माघ १९ विसं २०६१ मा राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि राजनीतिक दल किंमकर्तब्यविमुढको अवस्थामा थिए । शाही घोषणाविरुद्ध आन्दोलनको भयले केही नेता घरमै नजरबन्द गराइएका थिए भने केहीलाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखिएको थियो । सञ्चारकर्मीमाथि मनोवैज्ञानिक दबाब दिन शाही घोषणाअघि नै सञ्चारमाध्यमको कार्यालयमा सेनाले घेरा हालिसकेका थिए । बन्दुक तेस्याउँदै सम्पादकीय कक्षमा अड्डा जमाएर कन्टेन्टमा कैँची लगाउने काम सेनाले गरेको थियो । एफएम रेडियोबाट समाचार प्रसारणमा बन्देज लगाइएको थियो ।

स्वतन्त्रपूर्वक लेख्न र बोल्न पाउनुपर्ने माग राख्दै सञ्चारकर्मी सडक आन्दोलनमा उत्रिएका थिए । दलका नेता सडकमा ओर्लिन डराएका बेला नेपाल पत्रकार महासङ्घले रत्नपार्कको निषेधित क्षेत्रमा भूमिगत शैलीमा जम्मा भएर शाही शासनका विरुद्ध प्रदर्शन गरेको थियो । त्यसअघि कोटेश्वर, बालाजु र कलङ्कीमा फाट्टफुट्ट देखिने दलका नेता कार्यकर्ता पत्रकारको यो प्रदर्शनपछि क्रमशःसहरकेन्द्रित भएका हुन् । अर्थात् लोकतान्त्रिक आन्दोलनको अगुवाइ पत्रकारले नै गरेका थिए ।

सरकारी नियन्त्रणको टेलिभिजनले आन्दोलन दबाउने नाममा शाही शासनका पक्षमा एकातिर अनर्गल प्रचार गरेको थियो भने जनचाहनाअनुसारका समाचार सामग्री दिने काम निजी सञ्चारमाध्यमले गरेका थिए । सञ्चारमाध्यममाथि सर्वसाधारणको विश्वास यति धेरै भयो कि शाही सरकारले सञ्चार जगत्लाई आठौँ दलको सङ्ज्ञा नै दिएको थियो । नेपालमा भएका हरेक परिवर्तनमा मिडियाप्रति सर्वसाधारणले धेरै विश्वास र भरोसा गर्दै आएका छन् । राजाको निरंकुश कदमका विरुद्ध लोकतन्त्रका पक्षमा खुलेर मिडियाले आन्दोलनका पक्षमा काम गरेका थिए । पछिल्लो समय २०६२÷६३ को आन्दोलनलाई फर्केर हेर्दा राजनीतिक दल र तिनका नेताको तुलनामा मिडियाप्रति सर्वसाधारणले धेरै विश्वास र भरोसा गरेका थिए ।

विसं २०६२÷६३ को आन्दोलनको दबाब थेग्न नसकेपछि अन्ततःराजा ज्ञानेन्द्र प्रतिनिधिसभा पुनःस्थापना गर्न बाध्य भएका हुन् । त्यसपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सार्वजनिक कार्यक्रममै पत्रकारको योगदानको सरकारले उच्च मूल्याङ्कन गर्ने प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्री कोइरालासँगको भेटमा महासङ्घले संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था गर्न माग गरेको थियो । जुन माग सम्बोधन गर्न प्रधानमन्त्री कोइराला सहमत भइहाले । नेपालको संविधान २०७२ को प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था गरिनु पछाडिको प्रमुख कारण कोइरालाले महासङ्घको प्रतिनिधिमण्डसँग जनाएको प्रतिबद्धता नै हो ।

यसरी २०६२÷६३ को आन्दोलनलाई फर्केर हेर्दा राजनीतिक दल र तिनका नेताहरुको तुलनामा मिडियाप्रति सर्वसाधारणले धेरै नै विश्वास र भरोसा गरेको प्रष्ट हुन्छ । तर पछिल्लो समय मिडियाको विश्वसनीयता केही धर्मराउन थालेको भनी टिप्पणी हुन थालेको छ । र यस्तो टिप्पणी स्वयं पत्रकारले पनि गरेका हुन् । यसका कारण पत्रकारिताको विश्वासनीयता गुम्ने खतरा बढेको छ । ३०औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै गर्दा पत्रकारले मिडियामाथि प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आफ्नो विश्वासनीयता गुम्दा मिडियाले प्रश्न गर्ने नैतिक साहस गुमाएको छ ।

राजनीतिक नेतृत्व र सिङ्गो समाजले भुल्न नहुने कुरा के हो भने प्रेस स्वतन्त्रता भनेको पत्रकारको व्यक्तिगत स्वतन्त्रताको कुरा मात्र होइन, यो त अभियानसँग प्रत्यक्ष जोडिएको विषय हो । किनभने प्रजातान्त्रिक शासन व्यवस्थाका पक्षमा त पेसागत मुद्दालाई थाँती राखेर पत्रकार सडकमा उत्रिए नै, साथै व्यवस्थामाथि कुनै खतराका सङ्केत देखा पर्दा राजनीतिक नेतृत्वलाई खबरदारी गर्ने काम पनि मिडियाले गर्दै आएका छन् ।

पत्रकारिताको विकास र विस्तारका लागि परिवर्तित सन्दर्भमा नयाँ कानुन बनाउनुपर्ने एउटा पाटो छ भने अर्को भएका कानुनको प्रभावकारी कार्यान्वयनका लागि दबाब सिर्जना गर्नु परेको छ । स्वतन्त्र प्रेसका सन्दर्भमा सत्तामा रहँदा र सत्ताबाट बाहिर रहेका बेला दलका फरक धारणा आउने गरेका छन् । व्यावसायिक पत्रकारिता र सञ्चार जगत्लाई बदनाम गराउन जिम्मेवार निकायका प्रमुखका अभिव्यक्ति नै काफी छन् । त्यसैले त उनीहरु प्रेस स्वतन्त्रता नियन्त्रणमुखी कानुन बनाउने तानाबाना बुन्दैछन् । नयाँ संसद्को विधेयक अधिवेशनले प्रेस स्वतन्त्रता र पत्रकारको हकसँग सम्बन्धित कुनै पनि महत्वपूर्ण विधेयक ल्याउन नसक्नु विडम्बनापूर्ण पक्ष हो ।

मिडियाप्रतिको विश्वास धर्मराउँदै गएको सन्दर्भमा दोस्रो विश्व युद्धताका अमेरिकाबाट प्रकाशित टाइम र लाइफ म्यागेजिनका प्रकाशकले सिकागो युनिभर्सिटीका प्रोफेसर रोबर्ट हचिन्सको अध्यक्षतामा आधुनिक लोकतन्त्रमा मिडियाको भूमिका कस्तो हुनुपर्छ भनेर प्राज्ञिक अध्ययनका लागि ‘हचिन्स कमिशन’ गठन गरेका थिए । आफ्नो भूमिका कस्तो छ भनेर अध्ययन गर्नका लागि हचिन्स कमिशन गठन गरिएको थियो । जुन अध्ययनका लागि मिडिया स्वयंले लगानी गरेको थियो । चार वर्ष काम गरेपछि कमिशनले सन् १९४७ मा समाजप्रति उत्तरदायी हुनु प्रेसको नैतिक दायित्व हुनेछ भन्ने निष्कर्ष निकाल्यो । त्यसैकारण आजको दिनमा पत्रकारिताको सामाजिक उत्तरदायित्वको प्रसङ्ग कोट्याउँदा ‘हचिन्स कमिशन’को नाम सबैभन्दा अगाडि आउँछ । सामाजिक उत्तरदायित्वको सिद्धान्तले मिडियाले समाजका लागि जेजति काम गर्छ, ती सबै समाजप्रति उत्तरदायी हुनुपर्छ भन्ने कुरामा जोड दिएको छ । त्यसकारण मिडियालाई नैतिक दायित्वको ख्याल गर्दै जवाफदेही र उत्तरदायी बनाउन सामाजिक उत्तरदायित्वको सिद्धान्त अगाडि आएको हो ।

नेपालका सन्दर्भमा मिडियाप्रतिको विश्वास धर्मराउन थाल्नुको मुख्य कारण मिडियाले प्रश्न गर्न नसक्नु नै हो । दलका नेता, तिनका अभिव्यक्ति र क्रियाकलापबारे प्रश्न नगर्नु भनेको उनीहरुले जे गरे ठीक गरे र अहिले जे गरिरहेका छन् त्यो पनि ठीक छ भन्ने निष्कर्षमा पुग्नु हो । मिडियाले प्रश्न नगर्दा कसैलाई खुसी पार्न सकिएला, पत्रकारका लागि क्षणिक लाभ पनि होला । तर यस्ता प्रवृत्तिले लोकतान्त्रिक शासन व्यवस्थालाई कमजोर बनाउछ । लोकतन्त्रका खम्बा हल्लिन पुग्छन् । त्यसकारण लोकतन्त्रको जग बलियो बनाउन पत्रकारले प्रश्न गर्नैपर्छ ।

पत्रकार बलियो नभई पत्रकारिता र लोकतन्त्र बलियो हुन सक्दैन । पत्रकारिता स्वतन्त्र, बलियो र प्रभावकारी नहुँदा लोकतन्त्र पनि सुदृढ हुन सक्दैन । लोकतन्त्रको सुदृढीकरणको अभावमा जनताको मौलिक अधिकार पनि सुरक्षित नहुने निश्चित छ । मिडियामार्फत समयमै प्रवाह गरिने सही सूचनाले अन्ततः प्रजातान्त्रिक शासन व्यवस्थालाई नै बलियो बनाउँछ । तर सूचनाप्रतिको विश्वास नभएमा न पत्रकारिता अघि बढ्न सक्छ, न त त्यस्तो पत्रकारिताले प्रजातान्त्रिक पद्धतिलाई बलियो नै बनाउँछ । प्रजातान्त्रिक संस्था धराशायी हुँदै गएको सन्दर्भमा पछिल्लो समय खासगरी नेपालको बौद्धिक जगतले मिडियाको भूमिका थप सशक्त हुनुपर्ने महसुस गर्न थालेको छ । जनमत निर्माण गर्ने सन्दर्भमा सबैभन्दा महत्वपूर्ण भूमिका मिडियाको नै रहेको हुन्छ ।

हामीले ३०औँ विश्व प्रेस स्वतन्त्रता मनाउँदै गर्दा राज्यका निकाय र सिङ्गो समाजलाई सच्चिन दबाब दिनुपर्ने मिडियाकर्मी पहिला आफैँ सच्चिनुपर्ने पत्रकारहरुले निष्कर्ष निकालेका छन् । त्यसैले सरकारलाई झक्झक्याउने मिडिया जगतले आत्मसमीक्षा गर्ने, हिजोका दिनमा भएका गल्ती कमजोरी स्वीकार्ने र आगामी दिनमा सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुपर्छ । यसो भएमा मिडियाको गुमेको विश्वसनीयता पुनःफर्काउन सकिन्छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०, ०९:२५:००
रामजी दाहाल
रामजी दाहाल @ramjeedahal लेखक स्पेसखबर डटकमका सम्पादक हुन्।
लेखकबाट थप
  • चुनावका नाममा बेलगाम खर्च: आयोग नै बनाउँदै छ निर्वाचनलाई ‘रमिता’
  • कांग्रेस केन्द्रीय समिति बैठक, महाधिवेशनको संशोधित कार्यतालिकामा केन्द्रित
  • प्रधानमन्त्री ओलीले सत्तालिप्साको कुरुप प्रदर्शन गरेः पाँचजना पूर्व प्रधानमन्त्री
  • पशुपतिनाथ होइन, सिंहदरबार जाउन् प्रधानमन्त्री
  • पारिश्रमिक लिन नमिल्ने जनप्रतिनिधिलाई १४ थरी सुविधा, राज्यकोषमा वार्षिक रु.८ अर्ब व्ययभार थप
  • चन्द्रबहादुर दमाईको भत्किएको घर र भक्कानिएको मन
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
दिस इज रेप अफ माई क्यारेक्टर
दिस इज रेप अफ माई क्यारेक्टर
राजनीतिक परिवर्तन र जनताका आकाङ्क्षा
राजनीतिक परिवर्तन र जनताका आकाङ्क्षा
निर्वाचनमा यसरी आउँछ कांग्रेसको बहुमत
निर्वाचनमा यसरी आउँछ कांग्रेसको बहुमत
कांग्रेस बैठकमा डा.शेखर कोइरालाका १२ आपत्ति
कांग्रेस बैठकमा डा.शेखर कोइरालाका १२ आपत्ति
नाम अर्थमन्त्रीको, काम माफियाको
नाम अर्थमन्त्रीको, काम माफियाको
अराजनीतिक र अनैतिक अर्थमन्त्री
अराजनीतिक र अनैतिक अर्थमन्त्री
  • ताजा समाचार
  • ट्रेण्डिङ
गगन थापा भन्छन्–पार्टीलाई सुधार गरी अघि बढाउनुको बिकल्प छैन
गगन थापा भन्छन्–पार्टीलाई सुधार गरी अघि बढाउनुको बिकल्प छैन
पूर्वराजा ज्ञानेन्द्र मण्डले व्यूँताउने कोशिसमा लागेको झलनाथ खनालको आरोप
पूर्वराजा ज्ञानेन्द्र मण्डले व्यूँताउने कोशिसमा लागेको झलनाथ खनालको आरोप
नेपाल– भारतबीच सात सम्झौतामा हस्ताक्षर
नेपाल– भारतबीच सात सम्झौतामा हस्ताक्षर
शेयर लगानीकर्तालाई नआत्तिन अर्थमन्त्री डा. महतको आग्रह
शेयर लगानीकर्तालाई नआत्तिन अर्थमन्त्री डा. महतको आग्रह
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत 1
गैरआवासीय नेपालीले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
नागरिकता विधेयक प्रमाणिकरणको स्वागत गर्दै निधिले भने, ‘संसदको सर्वोच्चता कायम भएको छ ’ 2
नागरिकता विधेयक प्रमाणिकरणको स्वागत गर्दै निधिले भने, ‘संसदको सर्वोच्चता कायम भएको छ ’
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत 3
दिल्लीमा प्रधानमन्त्री दाहाललाई बिदेश राज्यमन्त्रीले गरिन् स्वागत
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित 4
सहिद स्मारक ए डिभिजन लिग फुटबलः मछिन्द्रद्धारा सातदोबाटो युथ क्लबमाथि जित
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो 5
बिश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP