दसैं-तिहारजस्ता पर्वमा पनि विगतका वर्षमा जस्तै स्वास्थ्य संस्थाहरु खुल्ने भएका छन् । बिदामा पनि स्वास्थ्य सेवा पाउँदा सर्वसाधारणलाई सहज हुने भएको छ ।
यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दसैं-तिहारका सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्य सेवा नियमित गराउन स्थानीय निकायलाई अनुरोध गरेको छ ।
मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुसालद्वारा जारी विज्ञप्तिमा स्थानीय निकायका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई स्वास्थ्यसेवा नियमित राख्न ११ बुँदे आग्रह जारी गरिएको छ ।
अस्पताल विपत् व्यवस्थापन समितिलाई पूर्वतयारी अवस्थामा रहने व्यवस्था मिलाउने, सबै अस्पताल, अस्पतालका फार्मेसी तथा एम्बुलेन्स चौबीसै घण्टा सञ्चालनको व्यवस्था मिलाउने र राजमार्ग वरिपरिका स्वास्थ्य संस्थालाई थप तयारीमा राख्ने व्यवस्था मिलाइने भएको छ ।