भारत प्रशासित कश्मीरमा तनाव बढ्दै गएको छ। त्यहाँका नेताहरु नदरबन्दमा परेका छन्। गएरातिदेखि प्रशासनले सुरक्षा सतर्कता बढाएको जनाउँदै कश्मीरका प्रभावशाली नेताहरुलाई नजरबन्दमा राखेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
श्रीनगरमा तीन जना पूर्व मुख्यमन्त्रीहरु फारुक अब्दुल्ला, उमर अब्दुल्ला र महबूबा मुफ्तीलाई नजरबन्द गरिएको हो। त्यहाँ र्याली आयोजना गर्न पनि प्रतिबन्ध लगाइएको छ। धारा १४४ अनुसार संकटकाल घोषणा गरिएको छ।
यसैगरी मोबाइल र इन्टरनेट प्रयोगमा प्रतिबन्ध लागेको छ भने आज स्कूल तथा कलेजहरुमा समेत विदा दिइएको छ। जम्मू विश्वविद्यालयका परीक्षा स्थगित भएको छ भने होस्टेलहरु पनि तत्काल खाली गर्न भनिएको छ।
उता, पाकिस्तानले पनि कश्मीरमा भइरहेको घटनाक्रमलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाएको छ। आइतबार नेशनल सेक्युरिटी कमिटीको बैठकले भारतीय सेनाका तर्फबाट हुने कुनै पनि प्रकारका ‘दुस्साहस’को जवाफ सशक्त ढंगले दिने निर्णय गरेको छ।
पाकिस्तान र अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानमा जारी संघर्षको स्थायी समाधान खोजिरहेको समयमा नै भारतले कश्मीरको स्थायी शान्ति बिथोल्न थालेको पाकिस्तानको आरोप छ।
याे पनि
कश्मीरमा अमरनाथ यात्री र पर्यटकलाई तत्काल राज्य छाड्न निर्देशन, स्थानीयमा त्रास