राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल आज प्रकाशित गर्ने तयारी गरेको छ।
परिक्षाफल प्रकाशिनका लागि अन्तिम तयारी भइसकेकाले मगलबार आज बिहान बैठक गर्ने र बेलुकासम्ममा नतिजा आउट गरिने बोर्डले जनाएको छ।बोर्डले सर्बै संकायका पक्षिफल एकैपटक प्रकाशन गर्ने तयारी गरेको छ। बिगतका बर्षहरुमा विज्ञान संकायको नतिजा केही समय अघि नै प्रकासित हुन्थ्यो भने अन्य संकायका नतिजा त्यसपछि मात्रै सार्वजनिक गरिन्थ्याे।
गएको बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागि भएका थिए। रासस