सुजित मैनालीद्वारा लिखित किताब ‘शिलान्यास’ सार्वजनिक भएको छ । बुकहिलद्वारा प्रकाशित किताबलाई लेखक तथा पत्रकार सुधीर शर्मा, सामाजिक अध्यता गौरव केसी र अन्तर्राष्ट्रिय मामिलाविद् लीला न्याइच्याईले लोकार्पण गरे ।
लेखक मैनाली समाजशास्त्रको परम्परागत ढाँचाबाट बाहिरिएर इतिहासमार्फत वर्तमान पर्गेल्छन् । विगतका सामाजिक–सांस्कृतिक विषयवस्तुलाई ध्यान दिने उनी इतिहास र संस्कृतिमा रुचि राख्छन् ।
लेखक तथा पत्रकार सुधीर शर्माका अनुसार शिलान्यासले इतिहासलाई लोकप्रिय हिसाबले पढ्न प्रेरित गर्छ । इतिहास भनेपछि डराउने हामीलाई किताबको सरलताले आकर्षित गर्ने शर्माले औंलाए ।