१३औं दक्षिण एसियाली खेदकुद (साग) मा भएको क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्समाथि १० विकेटको सानदार जित हात पारेको छ ।
पोखरामा टस जितेर ब्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन बनायो । जसलाई नेपालले पहिलो ओभरमै पूरा गर्यो । काजल श्रेष्ठले ३ चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन रह्यो । नेपालको शानदार जितमा बलर अञ्जली चन्दको कीर्तिमानी बलिङ रह्यो । खेलको छैटौं ओभरमा बलिङमा आएकी उनले १ रन पनि नदिई ३ विकेट लिइन् ।
नवौं ओभरमा पनि २ विकेट लिइन् । ११औं ओभरको पहिलो बलमै विकेट लिँदै उनले दोहोरो ह्याट्रिक पूरा गरिन् ।