करातेको महिलातर्फको टिम कातामा नेपालले स्वर्ण जितेको छ । निर्मला तामाङ, सरु कार्की र संगीता मगर सम्मिलित टोलीले पाकिस्तानलाई हराउँदै स्वर्ण जितेको हो ।
नेपाली टोलीले २४.८८ अंक प्राप्त गरेका थिए भने रजत पाएको पाकिस्तानी टोलीले २३.०३ अंक प्राप्त गर्यो ।