कैलालीको गौरीगंगामा नल्काको पानी जम्ने खाल्डोमा डुवेर एक नाबालकको मृत्यु भएको छ।
बुधबार गौरीगंगा–१, लठैयामा आमाबुवा स्थानीय लाल इटा भट्टामा काम गर्न गएका बेला खेलिरहेका ९ महिने नाबालक आरिफ मोहम्मदको नल्काको खाल्डोमा डुबेर मृत्यु भएको हो। भारतको पलिभिटमा पर्ने गजरौला गाउँमा बस्ने आशिक मोहम्मदको दम्पती इटा भट्टामा काम गर्न लठैया आएका छन्।
उनीहरुले आरिफलाई खेल्न छोडेर काम गर्न गएको बेला बच्चा खेल्दै पानी जमेको नल्काको खाल्डोमा डुवेको प्रहरी चौकी चौमालाले जनाएको छ। डुवेर अचेत भएका आरिफलाई चौमाला बजारस्थित स्वास्थ्य चौकी ल्याउने क्रममा बाटोमा मृत्यु भएको चौमालाका प्रहरी नायव निरीक्षक प्रहरीले विदुरबहादुर चन्दले जानकारी दिए।
बालकको शव पोष्ट मार्टमका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको छ।