पूवप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपालको भूराजनीतिमा अमेरिका पछिल्लो समय सक्रिय रुपमा प्रवेश गरेको बताएका छन् ।
पछिल्ला घटनाक्रममा देखिएको भारत, चीन र अमेरिकाबीचको त्रिपक्षीय द्वन्द्व नेपालमा फैलिने खतरा बढेको उनको भनाइ छ । कैलालीमा जनअन्तर सम्बाद गर्न आएका भट्टराईले बुधबार धनगढीमा पत्रकारसंग कुरा गर्दै सरकारले यस बिषयमा गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे ।
उनले उक्त द्वन्द्वलाई ठीक ढंगले सन्तुलनमा ल्याउन सकिएन नसके नेपालजस्ता साना देश द्वन्द्वको भुमरीमा फस्नुपर्ने संकट आउनसक्ने बताए । भट्टराईले सिके राउतको पृथकतावादी आन्दोलनलाई पनि सरकारले राजनीतिक रुपमा समाधान गरेका बेला टीकापुर घटना पनि त्यसैगरी समाधान गर्नुपर्ने बताए।
विप्लब समूहलाई दमन गरेर समस्या समाधान नहुने उल्लेख गर्दै उनले विप्लवले पनि हिंसात्मक गतिविधि गरेर राजनीतिक उपलब्धी गर्न हासिल नसक्ने बताए । विप्लब समूह र सरकारले आफ्नो नीतिमा पुनर्विचार गरी निरन्तर बहस सम्बाद गरेर समस्या समाधान गर्नुपर्ने उनको सुझाव छ ।