मर्स्याङ्दी नदीले बगाउँदा दुर्इ जना युवक बेपत्ता भएका छन्। वेपत्तामध्ये एक जनाको सकुशल उद्धार गरिएको लमजुङ प्रहरीले जनाएको छ।
बेसीशहर नगरपालिका–१ स्थित मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा पौडी खेल्न पुगेका तीन युवक जलाशयबाटै वेपत्ता भएका थिए।शनिबार दिउँसो पौने ४ बजे बेपत्ता भएका मध्ये वेसिशहर नगरपालिका-६, मकै डाँडाका १५ वर्षीय प्रतिक रिमालको भने नेपाली सेनाको टोलीले उद्धार गरेको छ।
बेसीशहर नगरपालिका-६ का १५ वर्षीय अजित थापा र १४ वर्षीया योगेन्द्र रिमाल भने वेपत्ता छन्। वेपत्ता भएका दुर्इ जनाको खोजी कार्य भइरहेको लमजुङका प्रहरी नायव उपरीक्षक यादव ढकालले जानकारी दिए। उद्धार गरिएका रिमालको जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा उपचार भइरहेकाे प्रहरीले जनाएको छ।