जलविद्युतको हब जिल्ला भनेर चिनिने लमजुङमा दर्जनभन्दा बढी जलविद्युत आयोजना सञ्चालनमा छन्। जिल्लामा उत्पादित बिजुलीले देशभरमा झिलीमिली बनाएको छ। तर लमजुङका ग्रामिण बस्तीका बासिन्दा अझै टुकीको भरमा रात विताउँछन् भन्दा अनौठो मान्न पर्दैन। विद्युतका पोल घर घरमा पुगेपनि अध्याँरोमा रात बिताउने परिवार पनि प्रशस्त छन्।
दोर्दी गाउँपालिका ७ का करिब ३ सय ५० परिवार अझै टुकीको भरमा रात बिताउन बाध्य छन्। साँझ राम्रोसँग पढ्न र गृहकार्य गर्न नपाएपछि बालबालिकाको पढाई प्रभावित भएको छ। टुकीको उज्यालोमा रातमा पढ्दा आँखा तथा श्वासप्रस्वासमा समस्या हुने गरेको दोर्दी ७ लस्सीवोटकी तार्खुमाया गुरुङले बताइन्।
जिल्लाबाट उत्पादिन विद्युत खेर गईरहेको अवस्थामा दोर्दी ७ मा पर्ने फलेनी, दुईघारे, माझखर्चा, सिङ्ली, दैलुङ, नागी, लस्सीवोट लगायतका करिब एक दर्जन गाउँमा विद्युतीकरण हुन नसकेको हो। गाउँमा पोल गाड्न सुरु गरे पनि तार टाँगिएको भने छैन्। विद्युत पोल र तारहरु जताजतै छरिएको देख्न सकिन्छ।
बिजुली नहुँदा स्थानीय विद्युतीय उपकरण प्रयोग गर्नबाटसमेत बञ्चित छन्। कुटानी पिसानीमा ढिकी जाँतोको भर पर्नुपर्ने अवस्था रहेको दोर्दी ७ का ओमबहादुर गुरुङले बताए। उनी भन्छन्, ‘टिभी, रेडियो हेर्ने र सुन्न पाइदैन, नेट इन्टरनेटको कुरा नै भएन्।’
विद्यालयमा विद्युतीकरण हुन नसक्दा विद्यार्थीहरुलाई कम्प्युटर, प्रोजेटरवाट पढाउन पाईदैन्। सौर्य उर्जा घाम लाग्दा मात्र चल्ने भएपनि धेरै समय नटिक्ने भएकाले विद्यार्थीलाई पढाउन निकै समस्या भएको जीवन अमर आधारभुत विद्यालयका प्रधानध्यापक रोशन गुरुङले बताए। विद्यालयमा शिक्षकले गृहकार्य दिएपनि घरमा गएर दैनिक रुपमा आफ्नो पाठ योजना गर्ने सक्दैन्। ‘टुकीको भरमा मट्टीतेलको समस्याले गर्दा विद्यार्थीहरुको पढाईमा प्रत्यक्ष असर परेको छ,’ उनले भने।
मेमे पोखरी विद्युत सहकारी संस्थाले विद्युतीकरणको जिम्मा लिएपनि २०७३ सालमा २ करोड २८ लाखमा जनमुखी कन्ट्रशनले ठेक्का लिएको थियो। बिजुली नहुँदा डा कार्यालयका कामसमेत प्रभावित भएको छ। ठेकेदारले काममा ढिलाई र लापर्वाहीका कारण विद्युतीकरणमा ढिलाई भएको दोर्दी ६ का वडा अध्यक्ष प्रेमबहादुर गुरुङले बताए।
मुलकमा तीन तहको सरकार बने पनि लमजुङका स्थानीयले भने यसको कुनै अनुभुति पाएका छैन्। दोर्दी गाउँपालिकाभित्र करिब तीन सय पचास घरधुरीमा अहिल सम्म विद्युत पुगेको छैन।