लमजुङमा स्कुल बसको ठक्करबाट एक वृृद्धको घटनास्थलमै मृत्यु भएको छ।
बेसीशहर नगरपालिका–१, उदिपुरको खहरे खोलामा स्कुल बसले ठक्कर दिँदा पैदलयात्री बेसीशहर नगरपालिका–४ पुरानोकोटका ७३ वर्षीय टकबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको ट्राफिक हवलदार भुमिराज घिमिरेले जानकारी दिए।
बेसीशहर नगरपालिका–१ स्थित गोल्डेन फ्युचर एकेडेमीको ना ३ ख ७३९४ नम्बरको बसले विद्यार्थी पुर्याएर फकर्ने क्रममा शुक्रबार बिहान साढे ९ बजे वृद्धलाई ठक्कर दिएको थियो।
बस र चालक सुन्दरबजार नगरपालिका– ८ का ४० वर्षीय रोशन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको डिएसपी यादव ढकालले जानकारी दिए।