कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा मिलन बिकको घरमा पुजा गर्न बसेका पण्डितहरू दलित भन्ने थाहा पाए पछि पुजा बिचमै छोडेर भागेका छ्न ।
विश्वकर्माले निकै मेहनतका साथ बनाएको घर पुजा, सत्यानारायण पुजा र रुद्री पुजा गर्नका लागि तल्लीन अवस्थामा थिए । विहानै घरको सरसफाई गरी चिटिक्का पारियो । आफन्तजन समेत घरमा आए । घरमा सबै एक ठाँउमा जम्मा भएका अफान्तहरु एक आपसमा खुशियाली सटासाट गरी रहेका थिए ।
घरको पुजा गर्ने ठाँउ समेत लिपपोत गरी सफा सुग्घर बनाइएको थियो । घरको पुजा गर्न भनी तमझाम गरिएको अवस्थामा विहान १० बजे पुजा गर्नका लागि पण्डित आए । पुजा गर्ने विधि सुरु हुनासाथ पुजारी अनेक बहान बनाई एकैछिनमा आउँछु भन्दै पुजाघरबाट बाहिर निस्किए ।
करिब १ घण्टा कुरेपछी पण्डित फिर्ता नआएपछी एकाएका पण्डित भागेको खबर बहिर आयो । घरको एक सदस्यका अनुसार ब्राहमण पण्डितले दलितको घरमा पुजा गर्न हुदैन भन्दै गएको बताए । पुजारी भागेपछी पुजा कार्य केही समय अलपत्र परेको थियो । पछि अर्कै पण्डित बोलाई पुजा कार्य विधिवत रुपमा सम्पन्न गरियो । यो घटना शनिबार भएपनि आज मात्र बहिरा आएको हो । पण्डित भिम प्रसाद आचार्य र गोविन्द भट्टराई पुजा स्थान छोडेर भागेको पिडितले बताएका छन ।
पुजारी भाग्नु गलत कार्य भएको स्थानीय अगुवाहरुले बताएका छन । अहिले मावन छुवाछुत अन्त्य भएको छ । यही कसैले यस्तो घृणीत कार्य गर्छ भने कानुनी कारबाही हुनु पर्ने चन्द्रौटाका मेनाज खानले बताए ।
नेपालमा छुवाछुत भेदभाव लगायतको कार्य गर्नु कानुन विपरीत भएपनि अहिलेको अवास्थामा यस्तो हुने निकै निन्दनिय कार्य भएको छ । भागेका पुजारीलाई पक्राउ गरी कानुन बमोजिम कारबाही हुनु पर्ने राम निवास पुरीले बताए ।
घर पुजा, सत्यानारायण पुजा र रुद्री पुजामा प्रदेश सभा सदस्य, नगर प्रमुख, वडा अध्यक्ष लगायतको सहभागीतामै पण्डित भगेको थिए । सो घटनालाई समासुन पार्नका लागि कपिलवस्तुका उच्च ओहदाका व्यक्ति लागे पनि यस्तो घटनाले समाजमा नकारात्मक प्रभाव परेको छ । यस्तो हर्कत गर्नेलाई कडाभन्दा कडा कर्वाही हुनु पर्ने आम समुदायको माग रहेको छ ।