कपिलबस्तुको शिवराज नगरपालिका १ शिवपुरमा शंकास्पद बस्तुफेला परेपछि पूूर्ब–पश्चिम राजमार्गमा अबरुद्ध भएको छ।
पूर्ब–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नपा १, रेन्जरपोष्ट (माइक्रोथान) नजिकै बीच सडकमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो।
शंकास्पद बस्तु फेला परेपछि प्रहरीले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। सो साकास्पद वस्तु नेपाल आर्मीको टोलीबाट डिष्पोज गरिने तयारी भएको वडा प्रहरी चन्द्रौटाले जनाएको छ।
सरस्वती आधारभूत विद्यालयदेखि ३०० मिटरको दूरीमा राखिएको शंकास्पद वस्तुले बालबालिका त्रासित भएका छन्।