कपिलवस्तुमा लागू औषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलबस्तु नगरपालिका वडा नं. ९ का सलाउद्दिन मुसलमान र सोही स्थानका मकिम भन्ने मजिबुर रहमान रहेका प्रहरीले जनाएकाे छ ।
उनीहरुलाई बाणगंगा नगरपालिका वडा नं. ५ खुटेनी स्थित कोपुवा देखी बनगाई आउने सडक खण्डमा लु ११ प ५२७९ नम्बर मोटरसाईकल रोकी चेक जाँच गर्ने क्रममा प्रक्राउ गरिएकाे हाे ।
उनीहरुको साथबाट ९ ग्राम ७९० मिलिग्राम लागु औषध, नेपाली नगद रु तेह्र हजार र भारतीय नगद रु एक हजारसहित प्रहरीले बरामद गरेको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।