कपिलवस्तुमा लागू औषधसहित २ जना पक्राउ परेका छन् ।
प्रहरी टोलिले गस्ती गर्ने क्रममा शिबराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटा चोकमा पूर्व पश्चिम राजमार्ग सडकदेखि दक्षिण तर्फ रहेको बिष्ट मेडिकल हल अगाडि बाट २ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई शंकालागि चेकजाच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका वडा न. १८ ढोडेनी बस्ने वर्ष २० का रजिनेश बुढा र सोही ठाउ बस्ने २० वर्ष नरेश बि.क.रहेका छन् ।
जिनेश बुढाको साथ बाट प्रहरीले लागू औषध डाइजपाम लेखिएको २ एमएल सिसि १९ पिस, नोफिन लेखिएको २ एमएल को सिसि १९ पिस र प्रोमेटाजिन, हाइड्रोक्लोराइड इन्जेक्सन फेनेरागन लेखिएको २ एमएलको को सिसि २० पिस लागू औषधि बरामद गरेको छ ।
यस्तै उनीसंगै पक्राउ परेका नरेश बि.क. को साथबाट लागू औषध डाइजपाम लेखिएको २ एमएल को सिसि १८ पिस ,नोफिन लेखिएको २ एमएल को सिसि १९ पिस र प्रोमेटाजिन, हाइड्रोक्लोराइड इन्जेक्सन फेनरागन लेखिएको २ एमएल को सिसि १९ पिस फेला पारी बरामद गरीएको छ ।
पक्राउ परेका २ जनालाई हिरासतमा राखी कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ । शिवराजमा पछिल्लो समय लागु औषध ओसारपोसारका घटना बढिरहेको छ । प्रहरीले यस अघि पनि शिवराजबाट २ जनालाई लागू औषधसहित पक्राउ गरेको थियो ।